इन्डोनेसियामा भीषण आगलागी, बालबालिकासहित ११ जनाको मृत्यु
reportersnepal.com · Mon Sep 07 07:42:58 GMT 2026

जर्कार्ता । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् ।
स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो । सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरहरूमा पुगेको थियो ।
Read full story at source (reportersnepal.com)