सहायता वितरणमा पीडितको आवश्यकतालाई प्राथमिकता देऊ !
baahrakhari.com · Mon Sep 07 07:43:51 GMT 2026

नेपालको शासकीय अभ्यासमा धेरै कमी कमजोरी छन् र बेलाबखत प्रकट भइरहेका हुन्छन् । यस्तै एउटा कमजोरी हो - संस्थागत स्मृतिको अभाव । संस्थागत स्मृति रहन्थ्यो भने अहिलेको बाढीका पीडितलाई कस्ता सहायता सामग्री कहिले आवश्यक र कहिले अर्थहीन हुन्छ भन्ने थाहा हुन्थ्यो ।
बस्ती बाढीले बगाएका ठाउँमा सुरुका केही दिन पक्कै पनि सबैभन्दा बढी खानेकुराको अभाव हुन्छ । त्यसमा पनि सजिलै पकाउन वा काँचै खान मिल्ने खाद्य सामग्री त्यतिबेला बढी उपयोगी हुनसक्छ । त्यसपछि भने पीडितहरूलाई पकाएर खाने दाल चामल र पकाउने भाँडाकुँडाको खाँचो पर्छ ।
Read full story at source (baahrakhari.com)