मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
arthadabali.com · Mon Sep 07 07:58:06 GMT 2026

मेक्सिकोको मध्य क्षेत्रमा पर्ने मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका पड्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन् ।राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति करिब साढे ९ बजे स्थानीय समयअनुसार एउटा चर्चमा उक्त विस्फोट भएको हो । विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किँदा केही मानिस भग्नावशेषमा पुरिएका थिए ।घटनास्थलमै आठ जनाको मृत्यु भएको थियो । घाइतेहरूलाई उपचारका लागि आसपासका अस्पतालमा लगिएको छ ।घटनापछि उद्धार तथा सुरक्षाका लागि नागरिक सुरक्षा टोली, सशस्त्र सेना र राज्य प्रहरी परिचालन
Read full story at source (arthadabali.com)