युवा सङ्घद्वारा बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण
ratopati.com · Mon Sep 07 08:06:23 GMT 2026

नुवाकोट । युवा सङ्घ नेपालले नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ । युवा सङ्घ नेपालका संयोजक धर्मबहादुर शाहीको नेतृत्वमा प्रभावित क्षेत्रमा परिचालित टोलीले विदुर नगरपालिका–७ का वडा अध्यक्ष रवीन्द्र नेपालको समन्वयमा राहत सामग्री हस्तान्तरण गरेको हो ।
प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै लुगा तथा कपडा सेट, ब्ल्याङ्केट, म्याट, बेडसिट, भाँडा सेट, रासन तथा स्टेशनरी सामग्री लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको थियो।
Read full story at source (ratopati.com)