प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा थपलिया
ratopati.com · Mon Sep 07 08:24:58 GMT 2026

काठमाडौँ । प्रवासी नेपाली मञ्च युरोपको प्रथम अधिवेशनले शालिक थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। स्पेनको बार्सिलोनामा सोमबार सम्पन्न अधिवेशनले ८ बुँदे घोषणा–पत्रसमेत जारी गरेको छ।
अधिवेशनबाट बेल्जियमका थपलियाको अध्यक्षतामा कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा विनोद न्यौपाने (बेल्जियम), सचिवमा राघवेन्द्र प्रताप कार्की ‘रबिन’ (डेनमार्क) तथा उपसचिवमा राजेश्वरी थापा (अष्ट्रिया) र गोविन्द साकोटा (यूके) चयन भएका छन्।
Read full story at source (ratopati.com)