आईपीएलमा पन्जाबको अपराजित यात्रा कायमै, लखनउमाथि शानदार जित
onlinekhabar.com · Sun Apr 19 17:59:41 GMT 2026
६ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको शानदार जित निकाल्दै पन्जाब शीर्षस्थानमा यथावत् रहेको हो ।
मुल्लानपुरमा पन्जाबले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन मात्र बनायो । कप्तान रिषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने एइडेन मार्क्रमले ४२ रन बनाए ।
Read full story at source (onlinekhabar.com)