मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
khabarhub.com · Mon Sep 07 08:39:26 GMT 2026

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका क्रममा भण्डारण गरेर राखिएको पटाका विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्।
राज्य सरकारले दिएको जानकारीअनुसार शनिबार राति स्थानीय समयअनुसार करिब साढे ९ बजे एउटा चर्चमा पटाका विस्फोट भएको हो। विस्फोटका कारण चर्चको छानोको केही भाग र नजिकैको पर्खाल भत्किएको थियो। त्यस क्रममा केही मानिस भग्नावशेषमा पुरिएका थिए।
Read full story at source (khabarhub.com)