पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी
barnanmedia.com · Mon Sep 07 08:32:10 GMT 2026

: गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् । पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।
रोपाइँदेखि गोडमेल, मलजल र सिँचाइ गर्दै हुर्काएको धान पाक्ने बेलामा पानी र हावाहुरीका कारण ढलेपछि उत्पादन घट्ने चिन्ता किसानमा थपिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङगका किसान सौगात गिरीका अनुसार राति परेको वर्षाले धानबालीको खेततर्फको खोला पसेपछि खेतको धानबालीमा क्षति पुगेको हो ।
Read full story at source (barnanmedia.com)