गायक कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक, जुना र प्रदीपको अभिनय
gorkhapatraonline.com · Fri May 22 14:14:55 GMT 2026

गायक कृष्ण बिक र गायिका दीपिका बायम्बु मगरको स्वर रहेको ‘ढल्की ढल्की’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतका भिडियोमार्फत दर्शकको मन जित्न सफल गायक कृष्णले यस पटक छमछम नचाउने शैलीको गीत बजारमा ल्याउनुभएको हो ।
यस गीतको भिडियोमा चर्चित अभिनेत्री जुना सुन्दास र अभिनेता एवं निर्देशक प्रदीप लामाले अभिनय गर्नुभएको छ । दिनेशचन्द्र थपलियाको शब्द सिर्जना रहेको यस गीतमा वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीको सङ्गीत रहेको छ ।
Read full story at source (gorkhapatraonline.com)