मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ)
nepallive.com · Mon Jun 15 09:49:31 GMT 2026

जनकपुरधाम – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५३ प्रतिशत विनियोजन गरिएको जानकारी दिए। त्यसै गरी पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४।३६ प्रतिशत बजेट छुट्याइएको छ।
Read full story at source (nepallive.com)