बाढी प्रभावित अधिकांश ठाउँमा इन्टरनेट सेवा पुनः सुरु
onlinekhabar.com · Mon Sep 07 09:01:29 GMT 2026

२२ भदौ, काठमाडौं । रसुवा बाढीले अबरुद्ध संचार सेवा अधिकांश ठाउँमा सुरु भएको छ । विशेषगरी, एनसेल, वर्ल्डलिंक लगायतले आफ्नो सेवा पुनः सुचारु गरेका छन् ।
बाढी प्रभावित रसुवा क्षेत्रमा वर्ल्डलिंकको इन्टरनेट सेवा अधिकांश ठाउँमा फेरि सुरु भइसकेको छ । वर्ल्डलिंकका सीईओ केशव नेपालका अनुसार बेत्रावती, धुन्चे र वरपरका मुख्य क्षेत्रहरूमा सेवा पुनःस्थापना भएको छ । ‘सबैतिर रिस्टोर भयो भन्न मिल्छ । त्रिशुली पारीका केही दुईतीन वटा वडामा भने पारी जान कठिनाई भएर केही ढिला भएपनि हामीले अन्यत्र जोडिसकेका छौँ,‘ उनले भने ।
Read full story at source (onlinekhabar.com)