बाढीका बिषयमा सामाजिक सद्भावमा आघात पुग्ने भिडियो बनाउने युवक पक्राउ
annapurnapost.com · Mon Sep 07 09:04:10 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा विनाशकारी बाढी आउदा विभिन्न जातजातिलाई आघात पुग्ने शब्द प्रयोग गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भएर काठमाडौंको बलम्बु बस्ने २४ वर्षीय बिरेन्द्र मडै रहेका छन्। मडैले भिडियोमा सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्तिसहितको भिडियो सामाग्री सेयर गरेका थिए। भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि मडैले विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने र बाढीका बिषयमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाएर सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका थिए।
Read full story at source (annapurnapost.com)