करको दर पुनरावलोकन गर्न संसदीय समितिको निर्देशन
gorkhapatraonline.com · Fri May 22 14:31:16 GMT 2026

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भन्सार तथा करको दरमा पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले कच्चा पदार्थ आयात गर्दा लाग्ने भन्सार महसुल र करका कारण नेपाली उत्पादन महँगो भई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिन भएको निष्कर्ष निकाल्दै अर्थ मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिका सभापति रहबर अन्सारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक र उद्योग सचिवसहित सरोकारवालासँगको छलफलपछि सरकारलाई नीतिगत सुधारका लागि निर्देशन दिइएको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)