बाढी आएको बेलामा पदयात्रा गरिरहेकी अस्ट्रेलियालीले गरिन् आमाबुवासँग सम्पर्क
clickmandu.com · Fri Aug 28 08:07:10 GMT 2026

एजेन्सी । रसुवामा बुधबार बाढी आएको बेलामा लाङटाङ पदयात्रा गरिरहेकी एक अस्ट्रेलियाली नागरिकले आफ्ना आमाबुबासँग सम्पर्क गरेको सिड्नी मर्निङ हेराल्ड पत्रिकाले समाचार प्रकाशन गरेको छ । फोन गरेर उनले आफू जीवितै रहेको पुष्टि गरेकी छन् ।
२६ वर्षीया कारा सेभेरिनो शुक्रबार बिहान आफ्ना आमाबुबासँग सम्पर्क गर्न सफल भइन् । उनका आमाबुबा, डेबी र फ्र्यांक सेभेरिनोले पत्रिकालाई बताए अनुसार, उनले शुक्रबार बिहान गोसाइँकुण्डबाट फोन गरेकी थिइन् । त्यहाँ उनी अन्य केही नेपाली पदयात्रीहरूसँगै पुग्न सफल भएकी छन् ।
Read full story at source (clickmandu.com)