मुक्तिनाथ विकास बैंकद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
bishowkhabar.com · Fri Aug 28 08:09:36 GMT 2026

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मुक्तिनाथ विकास बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै बैंकले दुःख व्यक्त गरेको छ ।
Read full story at source (bishowkhabar.com)