बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
ratopati.com · Mon Sep 07 09:20:09 GMT 2026

बैतडी । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका-१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् ।
पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताए। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी-१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताए। यसैबिच आइतबार सोक्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्।
Read full story at source (ratopati.com)