धनुषामा खैरो हेराइनसहित दुईजना पक्राउ
bishowkhabar.com · Mon Sep 07 09:21:46 GMT 2026

काठमाडौं– धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका(२ नक्टाझिजस्थित जनकपुर)ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।
सबैला नगरपालिका(१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी(१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
Read full story at source (bishowkhabar.com)