बैतडीका १८ घर पहिरोको उच्च जोखिममा
nepalnews.com · Mon Sep 07 09:25:46 GMT 2026

बैतडी । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन्। बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका–१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन्।
पानी निरन्तर परिहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताए। बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी–१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताए। यसैबीच आइतबार सो क्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन्।
Read full story at source (nepalnews.com)