धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
lokaantar.com

धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित जनकपुर-ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।
Read full story at source (lokaantar.com)