खोक्मामा बन्यो खेल मैदान: वडा कार्यालयको फुटबल
palikakhabar.com
खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ३ बाँसपानीस्थित खोक्मामा अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि बाक्सिला (ए) ले चुमेको छ । वडा कार्यालय बाँसपानीले खोक्मामा निर्माण गरेको खेल मैदानमा आयोजना गरेको फाइनल खेलमा बाक्सिला (बी) लाई हराउँदै बाक्सिला (ए) ले उपाधि चुमेको हो ।
हारसँगै बाक्सिला (बी) ले दोस्रो स्थान प्राप्त गरेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बाँसपानी (ए) ले तेस्रो स्थान प्राप्त गरेको स्थानीय खोकलुङ युनाइटेड क्लबका अध्यक्ष प्रतापसिं राईले जानकारी दिए ।
Read full story at source (palikakhabar.com)