जापानी सफाइ संस्कृति
nepalnews.com · Mon Jun 15 10:30:11 GMT 2026
अर्लिन्टन। विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। टेक्सासमा नेदरल्यान्ड्ससँग २-२ को बराबरीपछि जापानका प्रशंसकहरूले स्टेडियमलाई आफैँ सफा गर्दै बेदाग अवस्थामा छोडेपछि उनीहरूको ‘सफाइ संस्कृति’ फेरि चर्चाको केन्द्र बनेको हो।
खेलपछि दर्शकहरू केही समय स्टेडियममै बसेर आफ्ना सिट वरिपरि फोहोर सावधानीपूर्वक सङ्कलन गर्दै नीलो प्लास्टिक झोलामा राख्दै सफा गरेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानी प्रशंसक इटा तनाकाले आफूहरूलाई विद्यालयदेखि नै प्रयोग गरिएको स्थान सफा राख्न सिकाइने बताउँदै ‘हामीले सबैको बारेमा सोच्नुपर्छ’ भन्ने धारणा आत्मसात गरिएको उल्लेख गरे।
Read full story at source (nepalnews.com)