बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख सहयोग
annapurnapost.com · Mon Sep 07 09:54:32 GMT 2026

काठमाडौं : भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको उद्वार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेड २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग प्रदान गरेको छ।
प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग रकम प्रदान गरिएको हो। अर्थ मन्त्रालय आयोजित एक समारोहकाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन्।
Read full story at source (annapurnapost.com)