घटनास्थलमा क्षतिको अवस्था गम्भीर: एनआरएनए संस्थापक डा. महतो
rajdhanidaily.com · Fri Aug 28 08:14:02 GMT 2026

काठमाडौँ। त्रिशूली नदीमा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) ले ५ करोड रुपैयाँ बराबरको सहायता परिचालन गर्ने भएको छ। संघले प्रारम्भिक चरणमै प्रभावित क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउन थालेको जनाएको छ।
संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो र केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राईसहितको टोलीले नुवाकोटको बट्टार, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी खाद्यान्न, लत्ताकपडा, औषधि तथा टेन्ट वितरण गरेको छ।
Read full story at source (rajdhanidaily.com)