सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
khabarhub.com · Mon Sep 07 10:08:59 GMT 2026

सुनसरी – सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिए ।
Read full story at source (khabarhub.com)