इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो
arthasansar.com · Sun Sep 06 10:03:26 GMT 2026

पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। घटनामा सात जना घाइते भएको सरकारी समाचार संस्था आईआरआईबीले आइतबार जनाएको छ।
कुर्दिस्तान प्रान्तको सनन्दाज काउन्टी र हमेदान प्रान्तको हमेदान काउन्टीलाई जोड्ने अन्तरप्रान्तीय सडकमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि इन्धन ट्यांकरमा भीषण आगलागी भई विस्फोट भएको बताइएको छ। कुर्दिस्तान युनिभर्सिटी अफ मेडिकल साइन्सेसअन्तर्गतको आपत्कालीन चिकित्सा सेवाका प्रमुख बाबक होदाईलाई उद्धृत गर्दै आईआरआईबीले घटनापछि आसपासमा रहेका धेरै सवारीसाधनमा समेत आगलागी भएको जनाएको छ।
Read full story at source (arthasansar.com)