इरान–अमेरिका युद्धको ६ महिनापछि अरब राष्ट्रसामु तेर्सिएका प्रश्न
nepalviews.com · Fri Aug 28 08:11:37 GMT 2026

काठमाडौं । इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको युद्धले तेहरानमा सत्ता परिवर्तन गराउने वा अमेरिकालाई स्पष्ट विजय दिलाउने सम्भावना नरहेको विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार युद्ध अब लामो समयसम्म तन्किने, गतिरोध र क्षयको अवस्थामा जाने देखिएको छ ।
फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले अचानक इरानमाथि हमला गरेपछि युद्ध सुरु भएको थियो । युद्धको सुरुवातमा अमेरिकी नेतृत्वले बढ्दो आर्थिक र सैन्य दबाबका कारण इरानको सत्तामा संरचनागत परिवर्तन आउने अपेक्षा गरेको थियो । तर, ६ महिना बितिसक्दा त्यो अपेक्षा पूरा नहुने स्पष्ट भएको छ । बरु, क्षेत्रीय देशहरू लामो समयसम्म चल्न सक्ने युद्ध र त्यसबाट उत्पन्न असर व्यवस्थापन गर्ने तयारीमा जुटेका छन् ।
Read full story at source (nepalviews.com)