संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन असोज ६ गते न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह
kendrabindu.com · Mon Sep 07 10:14:17 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनको असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गर्न छोटो अवधिका लागि संयुक्त राज्य अमेरिका जान लागेका हुन्। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उनले यसपटक जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
Read full story at source (kendrabindu.com)