मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन
clickmandu.com · Mon Jun 15 11:07:58 GMT 2026

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ ।
प्रदेशसभाको आज बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन् । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ४६ अर्ब ५८ करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम रहेको छ । स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइएको सरकारको भनाइ छ ।
Read full story at source (clickmandu.com)