अन्तिम व्यक्ति नभेटिएसम्म खोजी कार्य जारी राख्न सरकारसँग प्रलोपाको माग
ratopati.com · Mon Sep 07 10:43:40 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भोटेकोशी–त्रिशूली बाढीबाट भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष सन्तोष परियारले सोमबार एक वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, सम्पर्कविहीन अन्तिम नागरिकको अवस्था यकिन नभएसम्म खोजी कार्य निरन्तर राख्न सरकारसँग माग गरेको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार तिब्बतको उच्च हिमाली क्षेत्रबाट उत्पन्न आकस्मिक जलप्रवाह ल्हेन्दे खोला हुँदै भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीसम्म फैलिँदा रसुवा, नुवाकोट, धादिङ लगायतका नदी तटीय क्षेत्रमा ठुलो विनाश भएको छ।
Read full story at source (ratopati.com)