आज मात्रै ४४९ जनाको हवाइ उद्धार
onlinekhabar.com · Fri Aug 28 08:10:58 GMT 2026

१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभाविति भएका मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको छ ।
मध्यान्ह १२:२० बजेको समयसम्म १३ भारतीय, ४ जर्मन नागरिकसहित ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धारका लागि बाढी प्रभावित सबै जिल्लाहरुमा नेपाली सेनाको मात्रै ४ हजार ५ सय फौज खटिएको छ ।
Read full story at source (onlinekhabar.com)