वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती, सीआरएसमा खुल्यो ‘आपराधिक कुन्डली’
lokaantar.com

रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा गत भदौ १८ गते मध्यराति एक घरमा डकैत समूह प्रवेश गर्यो । डकैत समूहले सुतिरहेका ८५ वर्षीय बखतमान लामा र उनकी श्रीमती ८६ वर्षीया कान्छी माया तामाङलाई प्लाष्टिकको टेपले हात बाँधेर लडाए । मुख थुनेर आँखामा पट्टी बाँधी घरभित्रको गरगहना र नगद पैसा डाँका गरी लगे ।
यो घटनाको सूचना जिल्ला प्रहरी कार्यालय रामेछापसम्म पुग्यो । प्रहरीले अनुसन्धान अघि बढाउँदा सीसीटीभीमा केही सन्दिग्ध व्यक्तिको पहिचान खुल्यो । प्राविधिक सहायताले अनुसन्धान प्रारम्भमा चार जनाको संलग्नता रहेको तथ्य पत्ता लाग्यो ।
Read full story at source (lokaantar.com)