धनकुटा निर्माण व्यवसायी संघको अध्यक्षमा बस्नेत
ajakoartha.com · Mon Sep 07 11:09:00 GMT 2026

धनकुटा– नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत (रमेश) निर्वाचित भएका छन् । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त गरेका थिए। अध्यक्ष पदमा बस्नेत १५ मतको अन्तरले विजयी भएका हुन् । संघको प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई निर्वाचित भएका छन् । उनले ४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अस्मी एन्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत प्राप्त गरे ।
Read full story at source (ajakoartha.com)