बाढी प्रभावितको आधारभूत मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
ratopati.com · Mon Sep 07 11:16:10 GMT 2026

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ १० गते रसुवा र नुवाकोट जिल्लामा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको आधारभूत मानव अधिकार संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगकी सदस्य डा. लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय अनुगमन टोलीले गरेको स्थलगत निरीक्षणपछि आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल प्रभावकारी कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।
Read full story at source (ratopati.com)