कृष्णभीरको समस्या समाधानका लागि सुरुङमार्ग र वैकल्पिक पुलको अध्ययन हुँदै
arthasansar.com · Sun Sep 06 11:17:11 GMT 2026

धादिङको कृष्णभीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारिएको छ । सडक विभागले यो क्षेत्रमा वैकल्पिक पुल र सुरुङमार्गको अध्ययन थालेको हो ।
आइतबार कृष्णभीरको स्थलगत अनुगमनका लागि पुगेका सडक विभागका महानिर्देशक डा. विजय जैसीले कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे अध्ययन भइरहेको जानकारी दिएका हुन् । कृष्णभीरको स्थायी समाधानका लागि विभागले दुई वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको महानिर्देशक जैसीले बताए । उनकाअनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङमार्ग (टनेल) निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तारका लागि दुईवटा पुल बनाउने विषयमा गृहकार्य भइरहेको छ । ‘यी दुईमध्ये जुन प्राविधिक रूपमा उपयुक्त र लागतका हिसावले किफायती हुन्छ, त्यसलाई नै हामीले अगाडि बढाउनेछौँ,’ उनले भने ।
Read full story at source (arthasansar.com)