बाढीपीडितका लागि होटल तथा संस्थाबाट राहत सामग्री सहयोग
annapurnapost.com · Mon Sep 07 11:22:33 GMT 2026

धादिङ : बाढीबाट प्रभावित परिवारका लागि विभिन्न होटल तथा संघसंस्थाले राहत सामग्री सहयोग गरेका छन्। बाढीपीडितको तत्कालीन आवश्यकता पूरा गर्न ९ सिलिन्डर ग्यास, १५ बोरा चामल, २ पोका तेल, १० पोका चाउचाउ, १ बोरा भुजा, १५ प्याकेट नुन र ३५ जोर कपडा सहयोग गरिएको छ।
यस्तै, ९ पोका तरकारीसमेत उपलब्ध गराइएको छ। राहत सामग्री संकलन तथा सहयोगमा कैलालीका सत्कार होटलका धन चोकाल, बुटवल न्यू श्रेष्ठ होटलका देवी श्रेष्ठ, काठमाडौंका टिकटक होटलका कृष्ण कार्की तथा नेपाली होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष गणेश ढकाललगायतको सहयोग रहेको जनाइएको छ। जिल्ला होटल संघ धादिङका सल्लाहकार तथा बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटका होटल व्यवसायी सन्तोष थापाले बाढीपीडितको आवश्यकतालाई ध्यानमा राख्दै होटल व्यवसायीहरू थप सहयोगका लागि तयार रहेको बताएका छन्।
Read full story at source (annapurnapost.com)