नेप्सेमा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ६ कम्पनीको १ करोड ९१ लाख २९ हजार २४९.३८२८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, डिप्रोक्स आदर्श लघुवित्त, प्रुडेन्सियल इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमा गरिमा विकास बैंकको ५९ लाख ६८ हजार १३५.५५ कित्ता (१३%), अरुण भ्यालीको १३ लाख ८३ हजार ६७६ कित्ता (८%) र नेपाल पुनर्बिमा कम्पनीको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५%) बोनस सेयर रहेको छ ।
यस्तै, निर्धन उत्थानको ४१ लाख ७० हजार ५४७.५ कित्ता (१९%), डिप्रोक्स आदर्शको १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता (१०%) र प्रुडेन्सियल इन्सुरेन्सको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५%) बोनस सेयर सूचीकृत भएको छ । सबै कम्पनीले गत वर्षको नाफाबाट यो बोनस सेयर सेयरधनीलाई वितरण गरेका थिए । उक्त बोनस सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
Read full story at source (nepalipaisa.com)