बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
nepalnews.com · Mon Sep 07 11:33:09 GMT 2026

लमजुङ । वर्षा यामसँगै घटेको अन्नपूर्ण पदमार्गको पर्यटक आगमन पछिल्लो दुई सातायता बढ्न थालेको छ। अघिल्लो साता करिब १५० पर्यटक धारापानी हुँदै प्रवेश गरेकामा पछिल्लो साता उक्त संख्या बढेर करिब १०० पुगेको छ।
पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका पर्यटन व्यवसायी पनि उत्साहित भएका छन्। वर्षायाम सुरु भएपछि पर्यटक आगमन घटेको थियो। मुख्य याममा दैनिक ५०० देखि ६०० सम्म पर्यटक आउने गरेकामा वर्षायाममा कतिपय दिन एक–दुई जना र अन्य दिन १०–१५ जनासम्म मात्रै आउने गरेका धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले बताए।
Read full story at source (nepalnews.com)