डिसहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सकिने
shilapatra.com · Mon Jun 15 12:17:00 GMT 2026
विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिसहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ ।
फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिसहोमले आफ्नो डिजिटल प्लेटफर्म ‘डिगो एप’ तथा डीटीएच र आईपी टीभी सेवामार्फत विभिन्न विश्वकप पासहरू उपलब्ध गराएको छ । घरमै ठूलो स्क्रिनमा विश्वकपको मज्जा लिन चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेका छन् ।
Read full story at source (shilapatra.com)