महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न कांग्रेस निर्वाचन समितिको बैठक आह्वान
ratopati.com · Mon Sep 07 11:36:14 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको आगामी १५औँ महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ ।
समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक भदौ २३ गते मंगलबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
Read full story at source (ratopati.com)