रसुवा–भोटेकोशी बाढीपहिरोमा ज्यान गुमाएकाप्रति नेपाल मेडिकल कलेजद्वारा श्रद्धाञ्जलीसँगै राहत सहयाेगकाे घाेषणा
swasthyakhabar.com · Mon Sep 07 11:46:53 GMT 2026

काठमाडौं- रसुवा–भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति नेपाल मेडिकल कलेजले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दै राहत सहयाेगकाे घाेषणा गरेकाे छ । प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा उक्त रकम जम्मा गरेपछि सहयोगबारे विस्तृतमा जानकारी दिने कलेजले जनाएको छ। सोमबार कलेजकाे हलमा आयोजित शोकसभामा कलेजका सञ्चालक, प्राध्यापक, चिकित्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरूले दिवंगत नागरिकहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत केरुङ, त्रिशूली, बेत्रावती, स्याफ्रुबेसीलगायतका क्षेत्र प्रभावित भएका थिए । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौँ नागरिक प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल मेडिकल कलेजले शोकसभा आयोजना गरेको हो । सरकारले पनि आज राष्ट्रिय शाेक मनाएकाे छ ।
Read full story at source (swasthyakhabar.com)