मदन पुरस्कार विजेता विणा भन्छिन् : यो किताब सक्न ४ दशक लाग्यो
nepalpress.com · Mon Sep 07 11:52:46 GMT 2026

५५ वर्षअघि नेवार समुदायको नाचमाथि अध्ययन, अनुसन्धान सुरु गरेकी ८२ वर्षीया विणा जोशी राजभण्डारीको पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ ले २०८२ सालको मदन पुरस्कार प्राप्त गर्यो । उनले २०१८ सालमा एसएलसी पास गरेपछि नेवार समुदायको परम्परागत नाचमाथि अनुसन्धान सुरु गरेकी थिइन् ।
घर गृहस्थी सम्हाल्दै अनुसन्धान अगाडि बढाएकी विणाले छोराछोरी हुर्काइन् । नातिनातिना पनि हुर्काइन् । यी सबै जिम्मेवारीको बीचमा अनुसन्धानलाई भने कहिल्यै थाती राखिनन् । नातिनातिना समेत हुर्किएपछि बल्ल उनको अनुसन्धानले पूर्णता पायो ।
Read full story at source (nepalpress.com)