आजदेखि आईपीओ निष्काशन गरेको बेनी हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?
arthasansar.com · Mon Sep 07 10:24:26 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले (आज) भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका २० लाख ८० हजार कित्ता साधारण शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बाँडफाँट गरिसकिएको छ ।
Read full story at source (arthasansar.com)