बाढी प्रभावितको कुशलताको कामना गर्दै धर्मग्रन्थ पाठ
ratopati.com · Mon Sep 07 11:58:51 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी निधन भएका ज्ञात/अज्ञात सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर परिसरस्थित वाग्मती तटमा वैदिक ब्राह्मणद्वारा विभिन्न ग्रन्थ पाठ पारायण एवं जप गरिएको छ।
बाढीमा परी निधन भएकाहरूको सद्गत, प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य/साहस प्राप्त होस् भन्ने उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्रीविष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तनलगायत कर्म सामूहिक रूपमा गरिएको अभियानकर्मी सुशान्त आचार्यले राससलाई जानकारी दिए।
Read full story at source (ratopati.com)