बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र
ratopati.com · Mon Sep 07 12:06:11 GMT 2026

काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ। विपद्का कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन र प्रचार–प्रसारलाई यथावत् राख्दै सिनेमा बजारलाई चलायमान बनाइरहेको अवस्थामा पुनः लयमा फर्की चलचित्र क्षेत्र गतिशील भएको हो।
यसै क्रममा आइतबार नयाँ नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो आधिकारिक ‘ट्रेलर’ सार्वजनिक गरेको छ । ‘ट्रेलर’ सार्वजनिक कार्यक्रममार्फत निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यावसायिक कमाईबाट निर्माताको हिस्सामा पर्ने रकमको पाँच प्रतिशत बाढी प्रभावितका लागि राहतस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गर्ने घोषणा गरेका छन्।
Read full story at source (ratopati.com)