कर्णाली करिडोरको पचालझरना खडकखण्डमा पहिरो, सात घर र पसलमा क्षति
baahrakhari.com · Fri May 22 17:28:52 GMT 2026

सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–८ को भैसीसैन क्षेत्रमा शुक्रबार साँझ आएको पहिरोले कर्णाली करिडोरअन्तर्गतको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण तीनवटा पसलमा पूर्ण रूपमा क्षति पुगेको छ भने चार घरमा सामान्य क्षति भएको छ ।
पचालझरना गाउँपालिका इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी सहायक निरीक्षक लोकजंन बुढाका अनुसार, शुक्रवार बेलुका करिब ६ बजेतिर खसेको पहिरोले सडक छेउमा रहेका ध्रुव दर्जीको गार्मेन्ट पसल, दुर्पता ऐडीको खुद्रा पसल र सिद्धा बोगटीको घर पूर्ण रूपमा पुरिएको छ ।
Read full story at source (baahrakhari.com)