इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु
khabarhub.com · Mon Sep 07 12:07:50 GMT 2026

लेबनान- दक्षिणी लेबनानमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित कम्तीमा ११ जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको बताइएको छ।
लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए) का अनुसार नबातिह नजिकैको फार रुम्मानमा भएको हवाई आक्रमणमा तीनतले आवासीय भवन पूर्ण रूपमा ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको हो। भग्नावशेषमा विद्यालयका किताब, फर्निचरलगायत सामग्री छरिएका थिए।
Read full story at source (khabarhub.com)