दुर्गममा सेवा दिएवापत हुलाकलाई एपीपीयू इनोभेशन अवार्ड
gorkhapatraonline.com · Mon Sep 07 12:24:26 GMT 2026

नेपाल हुलाकले दुर्गम क्षेत्रमा गर्दैआएको सेवाका लागि एसिया प्रशान्त हुलाक संघ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेशन अवार्ड’ प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा अगस्ट ३१ देखि सेप्टेम्बर ४, २०२६ सम्म आयोजित १४ औँ एपीपीयू कंग्रेसमार्फत् हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभयो । सरकारी कुरियर सेवाका रुपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तारका लागि नेपाल हुलाकले गरेको पहलको कदर गर्दै ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको हो।
Read full story at source (gorkhapatraonline.com)