गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव
nepallive.com · Mon Sep 07 12:24:53 GMT 2026

विराटनगर – कोशी प्रदेशका सत्ता सहयात्री नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रम मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरेका छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको कार्यदलले तयार पारेको कार्यक्रममा बजेट पुनरवलोकनदेखि गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउनेसम्मका विषय समेटिएका छन्।
साझा कार्यक्रममा चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई थप सन्तुलित र व्यवस्थित बनाउन पुनरवलोकन गर्ने उल्लेख छ। पहाडी जिल्लामा किसानको मुख्य समस्याका रूपमा रहेको बाँदर आतंक नियन्त्रणका लागि अध्ययन गरी ठोस नीति बनाउने तथा अनियन्त्रित बसाइँसराइ रोक्न एकीकृत ग्रामीण विकास प्राधिकरण गठन गरी एकीकृत बस्ती विकास गर्ने प्रस्ताव गरिएको छ।
Read full story at source (nepallive.com)