नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
ratopati.com · Mon Sep 07 12:25:20 GMT 2026

काठमाडौँ । नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक सङ्घ (एसिया प्यासिफिक पोस्टल युनियन–एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ ।
थाइल्याण्डको बैंककमा यही अगस्ट ३१ देखि सेप्टेम्बर ४ सम्म आयोजित १४औँ एपीपीयू कंग्रेसमार्फत् हुलाक सेवा विभागलाई उक्त सम्मान प्रदान गरिएको महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले जानकारी दिइन् । सरकारी कुरियर सेवाका रुपमा दुर्गम क्षेत्रमा समेत सेवा विस्तारका लागि नेपाल हुलाकले गरेको पहलको कदर गर्दै ‘सर्भिस इन रिमोट एरियाज’ शीर्षकमा विशेष सम्मान प्रदान गरिएको हो ।
Read full story at source (ratopati.com)