परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबिच टेलिफोन वार्ता
ratopati.com · Thu Aug 27 08:04:39 GMT 2026

काठमाडौँ, ११ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट आक्रान्त नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीपीडितको उद्धार, राहत र सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताए ।
Read full story at source (ratopati.com)